नयाँदिल्ली । अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको एक रिपोर्टमा भारतीय माओवादीलाई विश्वकै छैटौं सबैभन्दा खतरनाक आतंकवादी संगठनका रूपमा सूचीकृत गरेको छ । रिपोर्टमा भारत आतंकवादी समूहबाट सबैभन्दा प्रभावित मुलुकमध्ये चौथो स्थानमा रहेको पनि उल्लेख छ ।
जम्मु–कश्मीरमा पछिल्लो वर्ष ५७ प्रतिशत आतंककारी आक्रमण भएको भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ ले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले अघिल्लो साता जारी गरेको रिपोर्टमा भनिएको छ, ‘सन् २०१८ मा कम्युनिस्ट पार्टी अफ इन्डिया–माओवादी (सीपीआई–माओवादी) ले ३११ जनाको ज्यान जाने गरी १ सय ७७ वटा हिंसात्मक आक्रमण गरेका थिए । ’
तर, भारतीय गृह मन्त्रालय तथ्यांक अमेरिकी रिपोर्टभन्दा फरक छ । गृह मन्त्रालयका अनुसार ऊक्त समूहले ८ सय ३३ वटा हिंसात्मक आत्रमण गर्दा गत वर्ष २ सय ४० जना मारिएका थिए । अमेरिकी रिपोर्टमा भारतीय माओवादीलाई तालिवान (अफगानिस्तान), इस्लामिक स्टेट (आईएस), अल सबाब (अफ्रिका), बोको हराम (अफ्रिका) र कम्युनिस्ट पार्टी अफ फिलिपिन्सपछि छैटौं सबैभन्दा खतरनाक आतंकवादी संगठनको सूचीमा रहेको उल्लेख छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २१ कार्तिक २०७६, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस