काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये सात जनाको आज सामूहिकरुपमा दाहसंस्कार गरिएको छ । उनीहरुको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार गरिएको हो ।
दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच, शैलुङ माइत भएकी त्रिपुरासुन्दरी गाउँपालिकाकी एक महिला तथा उनको छोराको यहाँ सामूहिकरुपमा दाहसंस्कार गरिएको हो । शैलुङ गाउँपालिका–५ का रिकेश खडका, रत्नकुमारी राउत, उनका छोरा किरण, कविता राउत, रञ्जिता केसी, चमेली श्रेष्ठ र उनकी छोरी सायरानीको श्रेष्ठको सामूहिकरुपमा दाहसंस्कार गरिएको सो गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा मृत्यु भएका केही यात्रुको भने आफन्त नआएका कारण दाहसंस्कार हुन नसकेको उहाँले बताउनुभयो ।
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस सुनकोशी नदीमा खसेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १९ कार्तिक २०७६, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते