बुटवल । गएराती प्रतिनिधी सभाकी सांसद शान्त चौधरी चढ्ने गरेको सरकारी गाडी दाङ्घको लमही ६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुर स्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी दुर्घटना भएको दाङ्घ जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
रातको १२ बजेर ४५ मिनेट जाँदा गाडी दुर्घटना भएपछि त्यसका चालक रतनलाल चौधरी जानकारी गराउन आफै प्रहरी कार्यालयमा आएको र उनलाई नियन्त्रणमा राखिएको डिएसपी शाहले बताए । स्थानियका अनुसार गाडी सडक देखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ कार्तिक २०७६, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु