काठमाडौँ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंँमा सरकारी वकिल र महरा पक्षका वकिलको बहस सुनेपछि न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिए ।
महरालाई पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ कार्तिक २०७६, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ