काठमाडौँ । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् ।
महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समय अभावका कारण थुनछेक बहसलाई सोमबार पनि निरन्तरता दिइने भएको हो ।
महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् ।
जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारीअनुसार महराको पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिव २० जना अधिवक्ताहरुले रुची देखाएका हुन् ।
जसमा वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराललगायत रहेका छन् । जसमा मैनालीले मात्रै आज बहस गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ कार्तिक २०७६, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ