काठमाडौँ । निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन रु ७० हजार ५०० मा खरीद बिक्री भएको थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि रु ७०० ले वृद्धि भएर प्रतितोला रु ७० हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार २०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य पनि रु १० ले वृद्धि भएर प्रतितोला रु ८७० पुगेको छ ।
पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ । कात्तिक १ गते छापावाला सुन प्रतितोला रु ७० हजार ६०० र तेजाबी सुन रु ७० हजार ३०० मा खरीद बिक्री भएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १५ कार्तिक २०७६, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?