ओसामा बिन लादेनको ‘पुनर्जन्म’

पत्रपत्रिकाबाट

विहीबार, १४ कार्तिक २०७६, २१ : १६
ओसामा बिन लादेनको ‘पुनर्जन्म’

काठमाडौं । कुख्यात आतंकवादी ओसामा बिन लादेनलाई अमेरिकी सेनाले सन् २०११ मा पाकिस्तानको अबोटाबादमा हत्या गर्‍यो। असंख्य आतंककारी हमलाको योजनाकार थिए उनी। उनको शवलाई अमेरिकी सेनाले समुद्रमा फ्याँकिदिएको थियो।

हालसालै एक जना बेलायती महिलाले सिपीका रूपमा लादेनको पुनर्जन्म भएको बताएकी छिन्। डेब्रा ओलिभर (६०) श्रीमान् मार्टिनसँग ४२ औँ विवाह वर्षगाँठ मनाउन इस्ट ससेक्सस्थित विन्चेल्सी सामुद्रिक किनारमा पुगेकी थिइन्। 

एउटा सिपी देखेर डेब्रा चकित भइन्। ‘पहिले त मलाई जिसस क्राइस्टको आकृतिजस्तो लाग्यो,’ उनले भनिन्, ‘तर, नियालेर हेर्दा सिपी पगरी गुथेको मान्छेजस्तो देखिन्थ्यो। त्यसपछि मलाई लाग्यो– ओसामा बिन लादेनले सिपीका रूपमा पुनर्जन्म लिएछन्। उनी समुद्रमा फ्याँकिएका थिए।’ 

प्रतिक्रिया दिनुहोस