साँखु । नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस आज दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिनुभयो । ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको यकिन सङ्ख्या र मृतकको पहिचान खुलेको छैन । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते