साँखु । नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस आज दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिनुभयो । ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको यकिन सङ्ख्या र मृतकको पहिचान खुलेको छैन । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
झापामा सवारी दुर्घटना, मोटरसाइकल चालककाे मृत्यु