नेपालमा हतियार प्रदर्शनी हुँदै

पत्रपत्रिकाबाट

शनिबार, ०९ कार्तिक २०७६, ०७ : ४०
नेपालमा हतियार प्रदर्शनी हुँदै

काठमाडौं । भीड नियन्त्रण तथा आन्दोलनमा सामान्य बल प्रयोग गर्न मिल्ने गैरघातक हतियार प्रदर्शन गर्न लागिएको छ । गृह मन्त्रालयले दक्षिण कोरियाको एक कम्पनीलाई गैरघातक हतियार प्रदर्शनीका लागि स्वीकृति दिएको छ । 

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि गैरघातक हतियार खरिद गर्ने जनाएपछि दक्षिण कोरियाको एक कम्पनीले नेपालमा गैरघातक हतियार प्रदर्शनीको प्रस्ताव गरेको थियो । सो प्रस्ताव गृह मन्त्रालयले गत आइतबार स्वीकृति दिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस