आक्रामक योजनामा विप्लव समूह

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ कार्तिक २०७६, ०८ : ४२
आक्रामक योजनामा विप्लव समूह

काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीन जनालाई पक्राउ गरेको छ।बुधबार मध्यरातमा प्रहरीले गरेको अप्रेसनमा सेक्रेटरी र अन्य दुई कार्यकर्तालाई फरकफरक स्थानबाट पक्राउ गरेको हो।

जिल्लाको विकट गाउँपालिका खानीखोलाबाट केन्द्रीय नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ८ जना नेता पक्राउ परेपछिको सबैभन्दा ठूलो नेता जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको हो।

थोकरलाई केन्द्रीय कमिटीले १५ दिनअघि मात्रै काभ्रेको सेक्रेटरीमा तोकेको थियो।लामो समय परिवारको सम्पर्कमा नरहेकी सुन्तली बुधबार बुबाआमा भेट्न अस्थायी बसोबास रहेको पनौती नगरपालिका–९ नौबीसे आएका बखत घरबाटै प्रहरीको टोलीले पक्राउ गरेको हो।एसपी जयराज सापकोटाका अनुसार प्रहरीले सुन्तली थोकरको साथबाट पार्टीका दस्तावेजहरू बरामद गरेको छ।

प्रहरीले रोशी गाउँपालिका–६ सिपाली चिलाउनेबाट रोशी गाउँपालिका–५ सिसाखानीका आसमान तामाङ र रोशी गाउँपालिका–३ शिखर आम्बोटे घर भएका अनन्त थापामगर उपनाम भएका कृष्णबहादुर मगरलाई पक्राउ गरेको छ। आसमान जिल्ला कमिटी सदस्य हुन्। नेपाल समाचारपत्र मा छ । 

प्रतिक्रिया दिनुहोस