बशरुद्दिन अन्सारीले गुन्डा लगाएर विद्यार्थी कुटपिट गरेको आरोप

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ कार्तिक २०७६, ०८ : ३२
बशरुद्दिन अन्सारीले गुन्डा लगाएर विद्यार्थी कुटपिट गरेको आरोप

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीले बिहीबार सडकमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न नारा लगाउँदै विद्यार्थीले अपरान्ह वीरगन्ज बजार परिक्रमा गरेका थिए ।

काठमाडौं उपत्यका बाहिर सरकारले निर्धारण गरेको ४२ लाख ५० हजार रुपैयाँ शुल्क भन्दा नेशनल मेडिकल कलेजले बढी लिएको विद्यार्थीले बताए । 

विभिन्न बहानामा प्रति विद्यार्थी १२ लाख देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीले बताए । अतिरिक्त शुल्क फिर्ताको माग राख्दा कलेजका सञ्चालक बशरुद्दिन अन्सारीले गुन्डा लगाएर कुटपिट गरेको विद्यार्थीले आरोप लगाएका छन् । चिकित्सक शिक्षा सुधार संघर्ष समितिले विद्यार्थीको आन्दोलनमा एक्यबद्धता जनाएको छ ।कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस