काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग अजरबैजानको राजधानी बाकुमा भेटवर्ता गर्ने भएका छन ।
असंलग्न आन्दोलन (नाम)को १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् ।
मडुरो नामको वर्तमान अध्यक्ष हुन । ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ । वार्ताबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छैन् । ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनलाई नायडुललगायतसँग भेटवार्ता गर्ने गर्नेछन् । अन्नपूर्ण पोस्ट्मा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०७ कार्तिक २०७६, ०७ : ४०
लेखकबाट थप