ना १ त ६४७२ नम्बरको ट्रयाक्टरमा हालेर घाइते जलाउन पुगेका थिए आलम

पत्रपत्रिकाबाट

बुधबार, ०६ कार्तिक २०७६, ०७ : ५३
ना १ त ६४७२ नम्बरको ट्रयाक्टरमा हालेर घाइते जलाउन पुगेका थिए आलम

काठमाडौं । बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलमले उनीहरुलाई इँटाभट्टासम्म ओसार्न प्रयोग गरिएको ट्रयाक्टर प्रहरीले सोमबार बरामद गरेको छ ।
ना १ त ६४७२ नम्बरको उक्त ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजनाअन्तर्गत नै अफताबका भाई महताव आलमले २०६७ असार २३ गते अर्काेलाई बिक्री गरेको प्रहरीको भनाइ छ । २०५७ जेठ २४ गते महताव आलमकै नाउँमा खरिद भएको सोही ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरुलाई हालेर इँटाभट्टासम्म लगिएको थियो । घटनासँग जोडिएका अन्य सबै प्रमाण नष्ट गरिसकेपछि गाउँमा ट्रयाक्टरको चर्चा हुन थालेपछि त्यसलाई पनि उनले बिक्री गरेकोे प्रहरीले जनाएको छ ।

अहिले सो ट्रयाक्टर जिल्लाको देवाहीगेनाही नगरपालिका–२ करुनीया निवासी उमाशंकर साहको नाउँमा कायम गरिएको छ । अहिले ट्रयाक्टर नम्बर प्लेट मेटेर प्रयोग गरिदै आएको थियो । सोमबार साहकै घरबाट उक्त ट्रयाक्टर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको डिएसपी नबिन कार्कीले जानकारी दिएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस