काठमाडौं । बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न नमानेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
घटनाको अनुसन्धानका क्रममा आलमले झूठ बोले÷नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो । तर आलमले नमानेको प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा आवश्यकता अनुसार आलमको पोलिग्राफ टेस्ट गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नबिन कार्कीले बताए । सोधपुछ तथा अनुसन्धानका क्रममा आरोपित व्यक्तिले झुठ बोले÷नबोलेको पता लगाउन पोलिग्राफमार्फत शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ । आलमले पोलिग्राफ टेष्ट गर्न नमानेको व्यहोरा उल्लेख गरी सरकारी वकिलको कार्यालयमा कागजात पेश गरिने उनले बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०६ कार्तिक २०७६, ०७ : ४७
लेखकबाट थप