काठमाडौँ । सभामुख पद रिक्त हुँदा सङ्घीय संसद्को चौथो अधिवेशनबाट पारित भएका पाँचवटा विधेयक प्रमाणीकरण हुन सकेका छैनन् । सभामुखले प्रमाणीकरण गरेपछि मात्र विधेयक राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक प्रावधान छ ।
विधेयक पारितपछिका प्राविधिक काम भइरहेकै बेला सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएपछि प्रमाणीकरणको प्रक्रिया अगाडि नबढेको हो । जबर्जस्ती करणी अभियोग लागेपछि सभामुख महराले राजीनामा दिएका थिए ।
सङ्घीय संसद् सचिवालयका अनुसार पाँचवटा विधेयक प्रमाणीकरण भएका छैनन् । जसमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्नेसम्बन्धी विधेयक, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको सुपरिवेक्षण तथा सञ्चालनसम्बन्धी दुई महìवपूर्ण विधेयक प्रमाणीकरण भएका छैनन् । यस्तै चौथो अधिवेशनबाट पारित भएका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक, औद्योगिक व्यवसाय विधेयक र भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक प्रमाणीकरण भएका छैनन् । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०६ कार्तिक २०७६, ०७ : २७
लेखकबाट थप