१० लाख अवैध युरोसहित ५ जना सुनार पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, १२ : १५
१० लाख अवैध युरोसहित ५ जना सुनार पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैनाबाट १० लाख अवैध युरोसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोदकुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनार रहेका छन् ।  युरो १२ करोड ८० लाख रुपैयाँ बराबर हुन आउँछ । 
उनीहरुको साथबाट ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको त्रिभूजाकार र आयातकार धातु समेत बरामद भएको प्रदेश २ का डीआईजी महेश विक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस