नवलपरासीको प्रगतिनगर बजारमा गोली चल्यो

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, १२ : ००
नवलपरासीको प्रगतिनगर बजारमा गोली चल्यो

प्रतिकात्मक फोटो

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगर बजारमा शनिबार राति गोली चलेको छ । 

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार, प्रगतिनगरको एक होटल अगाडी स्थानीय युवाबीच भएको विवादले उग्ररुप लिएपछि गोली चलेको हो । 

प्रहार गरिएको गोली मोटरसाइकलको ट्यांकीमा लागेको छ । घटनास्थलबाट गोलीको खोका बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

गोली प्रहार गर्ने युवाको समूह फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । 

प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस