भरतपुर महानगरले प्रभावकारी रुपमा फोहोर व्यवस्थापन गरिरहेको छ : प्रमुख दाहाल

सफल खबर संवाददाता

शनिबार, ०२ कार्तिक २०७६, १८ : ०३
भरतपुर महानगरले प्रभावकारी रुपमा फोहोर व्यवस्थापन गरिरहेको छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानरपालिकाले प्रभावकारी रुपमा फोहोर व्यवस्थापन गरिरहेको बताउनु भएको छ ।
सहरीकरण र जलवायू परिवर्तन अनुसन्धान सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको दोश्रो दिन शनिबार कार्यक्रमलाई संवोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

देशका अन्य महानगरपालिकाको तुलनामा भरतपुर महानगरको फोहोर मैला व्यवस्थापन प्रभावकारी रहेको प्रमुख दाहालको दावी छ । 
फोहोर व्यवस्थापन चुनौतीको रुपमा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिलेको व्यवस्थापन अस्थायी भएको र दिर्घकालिन ढंगले फोहोर व्यवस्थापन गर्न महानगरले निति, कार्यक्रममै समेटेको छ । 

प्रतिक्रिया दिनुहोस