प्रहरीको गाडी राकेर तोडफोड, सात जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०२ कार्तिक २०७६, १७ : २८
प्रहरीको गाडी राकेर तोडफोड, सात जना पक्राउ

रौतहट । प्रहरीको गाडी राकेर तोडफोड गरेका रौतहट स्थित सातजना स्थानिय युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
थुनुवालाई पुर्याएर गौरबाट फर्किरहेको ना१झ १३३१ नम्बरको प्रहरीको गाडीमा कटहरिया ६ फतेपुर नजिक राकेर तोडफोड गरेका सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गौरबाट थुनुवा पुर्याएर फर्किरहेको क्रममा शुक्रबार अपरान्ह फतेपुरगाँउ छेउमा दर्जनौ मानिसको भिडले यही नै हो भन्दै एक्कासी गाडीमाथि ढुंगामुढा गरेपछि गाडीको अगाडि पछाडि दुबैछेउको सबैसिसा फुटेको र केही प्रहरीलाई चोटपटक समेत लागेको प्रहरी निरीक्षक चन्द्रकान्त साहले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा कटहरिया ६ फतेपुरका बर्ष ३० का शुबोध कुमार शहनी, सोही ठाँउका बर्ष ३० का रन्जित शहनी, बर्ष ३० का बिरेन्द्र शहनी, बर्ष २६ का उमेश पाश्वान, बर्ष १९ को मुना खाँ, बर्ष १८ का सकिन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।

पक्राउभएका सबैजना नियन्त्रणमा रहेको तथा तोडफेडको घटनाबारे अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका निमित प्रमुख प्रहरी निरिक्षक रिपेन्द्र शिंहले जानकारी दिएका छन् ।

शुक्रबार अपरान्ह कटहरिया माविको प्राङ्गणमा मेयरकप क्रिकेट प्रतियोगिताको फाईनल खेलमा कटहरिया ६ फतेपुर टिम र वडा ५ टिमबीच खेल भईरहेको थियो ।
ब्याटिंग गरिरहेका कटहरिया टिमका ब्याटसमैन संजिव शिंहलाई अम्पाएरले आउट नभएको भन्दा पनि फतेपुरका खेलाडीले जबरजस्ती आउट भएको भन्न थालेपछी दुबैगाँउका खेलाडी र स्थानीयबीच केही समय झडप भएको थियो ।
उक्त झडपलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी गस्तीटोलीले सामान्य लाठीचार्ज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस