बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको सहमति जुटाउन दिल्लीमा बैठक

पत्रपत्रिकाबाट

मंगलबार, २८ असोज २०७६, ०८ : ०७
बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको सहमति जुटाउन दिल्लीमा बैठक

काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारी समितिको (जेएससी) को बैठक सोमबारदेखि भारतमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको वित्तीय ढाँचा निर्माण, इनर्जी बैंकिङ लगायतबारे छलफल हुने कार्यक्रम छ । 

अमेरिकी सरकारले ऊर्जा र सडक मर्मताका लागि दिएको ५ सय मिलियन डलरको अनुदान सहयोगका लागि बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनलाई समेत एउटा सर्तको रुपमा लिइएको छ । 

आगामी असारदेखि मिलिनियम चालेन्ज कर्पोरेसन (एमसीसी) को सो योजना निर्माण गर्ने घोषणा गरिरहेको छ । बुटवल–गोरखपुर प्रशारण लाइन अघि बढाउने ठोस सहमति हुन नसकेमा अनुदानमा समेत असर पर्ने भएकाले यसलाई बैठकमा महत्वपूर्ण एजेन्डाका रुपमा लिइइको छ । यो समाचार आजको कारोबार दैनिमा छ ।

प्रतिक्रिया दिनुहोस