Safal Khabar - नेपालमा वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि
शुक्रबार, ०६ मङि्सर २०७६ (Friday, 22 November, 2019)
नेपालमा वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि
आइतबार, २६ असोज २०७६, ०७ : ३७
नेपालमा वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा धेरैको चासो केरुङ–काठमाडौँ रेलमार्गमा छ । तर, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि रहेको तथ्य भने धेरैले चासो नदिएको पक्ष हो ।

उद्योग विभागको पछिल्लो तथ्याकंंले देखाउँछ, नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो छ र असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरुले कुल रु १०४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरेका छन् । 

विस ५० र ६० को दशकमा नेपालमा वैदेशिक लगानीमा अगाडि रहेको दक्षिणी छिमेकी भारतबाट हालसम्म रु ९४ अर्ब ३१ करोडको प्रतिबद्धता आएको छ । 

Yeti Diistillery
nic asia

त्यसो त २०६२/६३ पछि क्रमसँग बढ्दै गएको चिनियाँ लगानी पछिल्लो ५ वर्षयता ह्वात्तै बढेको देखिन्छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा निकेश खत्रीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस