बैंकका अध्यक्षहरु मिलेर खोले ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल’ नामक नयाँ संस्था

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, १६ : ४३
बैंकका अध्यक्षहरु मिलेर खोले ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल’ नामक नयाँ संस्था

काठमाडौं । बैंकका अध्यक्षहरु मिलेर ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल’ नामक नयाँ संस्था गठन गरेका छन् । 

प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको संस्था बैंकर्स संघको लविङले मात्रै पार नलागेको निष्कर्श निकाल्दै अध्यक्षहरु पनि संगठित भएका हुन् ।

एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान परिसंघको अध्यक्ष छन् । त्यसैगरी, उपाध्यक्षमा मेगा बैंकका भोजबहादुर शाह, महासचिवमा जनता बैंकका केशब रायमाझी, कोषाध्यक्षमा एनआइसी एशियाका तुलसीराम अग्रवाल छन् ।

सदस्यहरुमा ग्लोबल आइएमइका चन्द्र ढकाल, प्रभु बैंकका देवीप्रकार भट्टचन, इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे, माछापुच्छ्रे बैंकका बिरेन्द्र महतो, सानिमा बैंकका बिनयकुमार श्रेष्ठ, सिद्दार्थ बैंकका मनोज केडिया र हिमालयन बैंकका मनोजबहादुर श्रेष्ठ रहेका छन् ।

समग्र वित्तीय क्षेत्रको विकास र विस्तारका लागि परिसंघले पोलिसी इन्टरभेन्सन, लबिङ र रिसर्चका कामहरु गर्ने परिसंघका अध्यक्ष गोल्यानले जानकारी दिए ।

अध्यक्ष गोल्यानले भने ‘सीइओहरुको संगठन बैंकर्स संघले राष्ट्र बैंकमा मात्रै लबिङ गर्न सक्छ, अध्यक्षहरुको संगठनले मन्त्री र प्रधानमन्त्रीसमक्ष पोलिसि लबिङ गर्न सक्छ ।’ बैंकिङ क्षेत्रका लगानीकर्ताहरुको हकहितका लागि पोलिसि लबिङ गर्ने उद्देश्यले आफूहरु संगठित हुनु परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस