रियालिटी चेक : चुके कोच दीप

पत्रपत्रिकाबाट

शुक्रबार, १७ असोज २०७६, २१ : १९
रियालिटी चेक : चुके कोच दीप

काठमाडौं । भ्वाइस अफ नेपालको ब्याटल राउण्ड सुरु भएसँगै कोचहरुको परिक्षा शुरु भएको छ ।  पहिलो परिक्षामा कोच दीप श्रेष्ठ गायन क्षमता अनुसार जोडि छान्न कमजोर देखिए । उनको यो समस्या अघिल्लो सिजनमा पनि देखिएको थियो ।

ब्लाइन्ड राउन्डमा सबै फ्लेवरको गीत गाउने प्रतियोगि छाने पनि ब्याटल राउन्डमा उनले एकै फ्लेवरको गीत गाउने प्रतियोगिभन्दा पनि कसैलाई सहज त कसैलाई गाहे पर्ने गीत छानिदिन्छन् । यसले जुन प्रतियोगिको फ्लेवरको गीत पर्छ उ हावी हुन्छ ।

ब्याटल राउन्डको दोस्रो एपिसोडमा उनले धर्म बज्र र डम्बर हिङमाङविच ब्याटल गराउँदा दीपमा गीत चयनको समस्या देखियो । उनले लोक फ्लेवरको गीत ‘अब यो बाटो मेरो हो’ बोल छानिदिए । 

डम्बरको गायन शैलीमा यो गीत म्याच गर्यो तर रक फ्लेवरको गीत गाइरहेका धर्मका लागि निक्कै कठिन भयो यो गीत । ब्याटलमा डम्बरले सहजै गीत गाइदिए, धर्मका लागि निक्कै कठिन भए पनि उनले गीतमाथि पुरा न्याय गरेका थिए । प्रस्तुतीको आधारमा डम्बर छानिए ।

ब्याटल राउन्डको पहिलो एपिसोडमा कोच दीपको टिमबाट रमा घतानी र विकास लिम्बु परेका थिए । उनीहरुले ‘सारङ्गीको धुनले’ बोलको गीत गाए । दुवैको प्रस्तुति आकर्षक देखिन्थ्यो । मीठो स्वरमा गाएकी रमालाई कोच दीपले हटाउन बडो कठिन भयो । एक जनालाई मात्र छान्नुपर्ने बाध्यतामा परेका उनले अन्त्यमा विकासलाई रोजे । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस