बाबुराम र विप्लव नेकपाकै गाडीमा, कोसँग कति नम्बरको गाडी ?

पत्रपत्रिकाबाट

शुक्रबार, १७ असोज २०७६, ०७ : ३१
बाबुराम र विप्लव नेकपाकै गाडीमा, कोसँग कति नम्बरको गाडी ?

काठमाडौं । गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन् । तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । नेकपाले प्रतिबन्धित नेकपा महासचिव विप्लव, पूर्वधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत छ ।

तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन् ।

ढकालले बुझेको पेरिसडाँडास्थित कार्यालयको सम्पत्ति विवरणमा पार्टीको सम्पत्तिका नाममा ३४ सवारीसाधन रहेको उल्लेख छ । त्यसैमध्येका ११ वटा गाडी विप्लवदेखि डा. भट्टराईसम्मले प्रयोग गरिरहेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस