एकैदिन ३७ हजार फोरजीका ग्राहक थपिए

पत्रपत्रिकाबाट

शुक्रबार, १७ असोज २०७६, ०७ : २६
एकैदिन ३७ हजार फोरजीका ग्राहक थपिए

काठमाडौँ । नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो संख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो सङ्ख्या पुराना टूजी र थ्रीजी प्रयोगकर्ता फोरजीमा आबद्ध भएको समेतको हो ।
सङ्ख्यात्मक हिसाबले एकै दिन थप भएका फोरजी ग्राहकमध्ये यो अहिलेसम्मकै उच्च संख्या हो । तीन वर्ष अगाडि फोरजी सेवा सुरु गरे पनि टेलिकमका अहिलेसम्म आठ लाख मात्र फोरजी ग्राहक थिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस