काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ।
सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते फर्कने छन्। ‘अहिलेसम्म सी नेपाल आउने अक्टोबर १२ तारिखकै कुरा छ तर भारत भ्रमणको मिति तलमाथि भएमात्रै मिति फरक पर्नसक्छ।
हामी अहिलेसम्म २५ गतेकै तयारीमा छौ’, स्रोतले भन्यो। दसैंलगत्तै चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने भन्दै परराष्ट्र र गृह मन्त्रालयका जिम्मेवार कर्मचारीलाई काठमाडाैं बाहिर नजान भनिएको छ।नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १६ असोज २०७६, ०७ : ५८
लेखकबाट थप