नेकपाका महिला सांसदहरुले महरा प्रकरणमा आवाज उठाएनन्

पत्रपत्रिकाबाट

विहीबार, १६ असोज २०७६, ०७ : ३९
नेकपाका महिला सांसदहरुले महरा प्रकरणमा आवाज उठाएनन्

काठमाडौं  । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो ।
राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए ।

महरामाथि यौन दुव्र्यवहारको आरोप लागेका विषयमा उनी आबद्ध नेकपाका महिला सांसदहरुले निष्पक्ष छानबिन र कारबाहीका लागि बलियो आवाज उठाएका छैनन् । प्रतिपक्षी दलका महिला सांसदहरुले पनि खासै बोलेका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा विद्या राईले लेखेकी छिन् । 

प्रतिक्रिया दिनुहोस