रियालिटी चेक : रुन्चे आस्था

पत्रपत्रिकाबाट

बुधबार, १५ असोज २०७६, २० : ५१
रियालिटी चेक : रुन्चे आस्था

काठमाडौं । ब्लाइन्ड अडिसनमा कमजोर देखिएकी कोच आस्था राउत ब्याटल राउन्डमा भने केही परिपक्व देखिइन् । गीत चयन र कोचिङमा उनले गरेको मिहेनत दुबै एपिसोडमा देखियो । 

भावुक हुने र आँशु खसाल्नेक्रम भने जारी छ उनको । यो राउन्डमा पनि उनको रुनेक्रम जारी रह्यो । अमेरिकाबाट भाग लिन आएकी सम्झना पाण्डे र दृष्टिविहीन रिता राईको प्रतिस्पर्धामा उनको आँशु रोकिएन । 

यी दुईले ‘जाउँ जाउँ रेलैमा’ गाएका थिए । दुबैको प्रस्तुती खासै दमदार देखिएन । सम्झना ब्लाइन्ड अडिसनमै कमजोर देखिएकी थिइन, ब्याटलमा पनि कमजोरै देखिइन् । रीताले पनि खासै प्रस्तुती दिन सकिनन् ब्याटलमा । सहानुभुतीको आधारमा रीता छानिइन्, पाण्डे बाहिरिइन् । 

दार्जिलिङबाट आएकी यान्की याल्मो र अनिश महर्जनले ‘सधैँ सधैँ आइदिन्छ तिम्रा यादहरु’ गाए । दुवैको प्रस्तुति राम्रो भए पनि कसलाई छान्ने भन्नेमा सधैँ अलमल पर्ने आस्था आफैँले निर्णय गर्न सकिनन् । उनले आफ्ना सहयोगीमार्फत याल्कीलाई छानिन् । अन्य कोचले आस्थाको कोचिङको खुलेर प्रशंसा गरेका थिए । दुबै प्रतियोगिको प्रस्तुतीमा पनि आस्थाको मिहेनत देखिन्थ्यो । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस