काठमाडौँ । दूध स्वास्थ्यका लागि लाभकारी छ। दूधमा प्रोटिन प्रशस्त पाइन्छ। सादा दूधले नै शरीरलाई कतिपय रोगबाट टाढा राख्छ भने त्यसमा यी खानेकुरा मिलाएर खाइयो भने झन् राम्रो हुन्छ।
खजुर
कमजोरी महसुस भइरहेको छ भने दूधमा खजुर हालेर खानुपर्छ। खजुरमा हुने खनिज पदार्थ, भिटामिन्सले शरीरलाई तागत दिन्छन्। दूध उमाल्दा त्यसमा खजुर हाल्ने र दूधसँग खाने।
बदाम
कब्जियतको समस्या भएकाले राति सुत्नुअघि एक गिलास मनतातो दूधमा बदामको तेल हालेर खानुपर्छ। यसो गर्दा कब्जियतको समस्या हट्छ। शरीरमा ऊर्जाको कमी हुँदा बदामको पेस्ट बनाएर एक चम्चा दूधमा मिसाएर खानुपर्छ।
मह
व्यस्त दिनचर्याका कारण धेरै मानिस तनावमा हुन्छन्, विशेष गरी महिलाहरू। अफिस सँगसँगै घरपरिवारको जिम्मेवारी उनीहरूमाथि हुन्छ। त्यसैले तनाव हटाउन महिलाले एक गिलास मनतातो दूधमा एक चम्चा मह मिसाएर खानुपर्छ। यसो गर्दा तनाव कम हुन्छ। शरीरमा रक्त सञ्चार पनि ठीक हुन्छ।
सुकुमेल
दूधमा सुकुमेल मिसाएर खाँदा स्मरणशक्ति बढ्छ। त्यसका लागि हरेक दिन एक गिलास मनतातो दूधमा एक चिम्टी सुकुमेलको धुलो मिसाएर खानुपर्छ। पढ्ने बच्चालाई सुकुमेल मिसाएको दूध दिँदा राम्रो हुन्छ।
मरिच
घाँटीको समस्या भएकाले एक गिलास मनतातो दूधमा एक चिम्टी मरिचको धुलो मिसाएर खानुपर्छ। मरिचले वजन कम गर्न पनि मद्दत गर्छ।
बेसार
बेसार स्वास्थ्यका लागि राम्रो हो। यसमा एन्टी सेप्टिक, एन्टी ब्याक्टेरियल गुण हुन्छन्। ज्वरो, रुघाखोकी भएमा दिनहुँ एक चिम्टी बेसार मनतातो दूधमा हालेर खानुपर्छ। बेसार मिसिएको दूध खाँदा दुखाइमा पनि राहत पाइन्छ र मीठो निद्रा पर्छ।
चकलेट
सादा दूध खान नमान्ने बच्चालाई दूधमा चकलेट हालेर पनि खुवाउन सकिन्छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १३ असोज २०७६, १९ : १७
लेखकबाट थप