पशुपति मन्दिरको टुँडालबाट पानी चुहियो

पत्रपत्रिकाबाट

सोमबार, १३ असोज २०७६, ०८ : ०१
पशुपति मन्दिरको टुँडालबाट पानी चुहियो

काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वतिरको एउटा टुँडालबाट पानी चुहिएको छ । भुइँचालोले बाहिरी स्वरुप केही नभए पनि भित्र के भएको छ भनेर अध्ययन भएको छैन ।

पानी चुहिन थालेपछि जीर्ण भएको हुन सक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

मन्दिरभित्र पुजारीहरुबाहेक अरु छिर्न नपाउने परम्परा रहेकोले यसको अवस्था अध्ययन गर्न समस्या भएको विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरी ढुंगाना बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस