मापदण्डविपरीत विदेशीलाई पदक

पत्रपत्रिकाबाट

सोमबार, १३ असोज २०७६, ०७ : ५५
मापदण्डविपरीत विदेशीलाई पदक

काठमाडौं । हरेक वर्ष राज्यले विभिन्न विभूषण तथा पदवीका लागि गर्ने सिफारिस विवादमा पर्दै आएको छ । यो शृंखलाले यसपटक पनि निरन्तरता पाएको छ। यसपटक विभूषण तथा पदवीका लागि सिफारिसमा परेका विदेशी व्यक्तिलाई लिएर विवाद देखिएको छ । यसपटक विदेशी नागरिकलाई गरिएको पदकसम्बन्धी सिफारिस विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्डविपरीत पाइएको छ ।

नेपालमा कुनै पनि योगदान नगरेका तर प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न भएकै आधारमा चार विदेशी चिकित्सकलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) सिफारिस गरिएको छ । गृह मन्त्रालयले तयार पारेको विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ मा नेपालको हितमा विशिष्ट योगदान पु-याउने विदेशी नागरिकलाई चार तहको विभूषण प्रदान गर्न सकिने उल्लेख छ ।

नेपाल रत्न, राष्ट्र गौरव, राष्ट्रदीप र जनसेवाश्री विभूषण नेपालको हितमा विशिष्ट योगदान पु(याउने विदेशी नागरिकलाई दिने सकिने व्यवस्था छ । तर अहिले सिफारिसमा परेका ती विदेशीले नेपालको हितमा के काम गरे भन्नेबारे केही खुलाइएको छैन । यसै कारण पदक तथा विभूषणसम्बन्धी सिफारिस विवादमा परेको हो । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस