खसीबोकाको मूल्य निर्धारणमा ढिलाइ

पत्रपत्रिकाबाट

सोमबार, १३ असोज २०७६, ०७ : ५०
खसीबोकाको मूल्य निर्धारणमा ढिलाइ

काठमाडौं । दसैं सुरु भइसक्दा समेत सरकारले खसीबोकाको सहुलियत मूल्य निर्धारण गर्न नसक्दा सर्वसाधारण मर्कामा परेका छन् । दसैंका लागि सर्वसाधारणले आइतबारदेखि नै खसीबोका किन्न सहुलियत पसलमा गए पनि रित्तो हात फर्कनुपरेको छ । सरकारले समयमै मूल्य निर्धारण गर्न नसक्दा सर्वसाधारण महँगोमा खसीबोका किन्न बाध्य भएका छन् ।
आइतबार खसीबोकाको सहुलियत मूल्य निर्धारण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बैठक बसे पनि मूल्य निर्धारण हुन सकेन ।

वाणिज्य उपभोक्ता संरक्षण विभागका महानिर्र्देशक योगेन्द्र गौचनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जिल्लामै खरिद मूल्य धेरै बढेको हुँदा मूल्य निर्धारण गर्न कठिनाइ भएको बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस