भारतले प्याज निर्यात रोक्यो, नेपालमा पनि अभाव हुने

पत्रपत्रिकाबाट

सोमबार, १३ असोज २०७६, ०७ : ४२
भारतले प्याज निर्यात रोक्यो, नेपालमा पनि अभाव हुने

काठमाडौं । भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ । यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ । नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ ।

भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस