यसकारण रोकिँदै नयाँ नोट वितरण

पत्रपत्रिकाबाट

सोमबार, १३ असोज २०७६, ०७ : ११
यसकारण रोकिँदै नयाँ नोट वितरण

काठमाडौं | नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नायाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । 

नयाँ नोट वितरण खर्चिलो र चुनौतिपूर्ण बन्दै गएकाले रोक्न लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।

राष्ट्र बैंकले यसै वर्षदेखि नोट सटहीमा कटौती सुरु गरेको छ ।  यसपटक प्रतिव्यक्ति १८ हजार ५०० का दरले नयाँ नोट सटही सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस