नेकपालाई चीन, कांग्रेसलाई भारत, को कताको संयोजक ?

पत्रपत्रिकाबाट

शनिबार, ११ असोज २०७६, ०७ : ५६

काठमाडौं । विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ । ३३ देशका संसद्सँग सहकार्य गर्न संसद्ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो । अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरू नै छन् ।

दलीय भागवण्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्तासीन समाजवादी पार्टी ३ र राजपाले ३ देशको मैत्री समूहको संयोजक पाएका छन् । द्धिपक्षीय सम्बन्ध कायम रहेका तथा नेपालका दूतावास रहेका मुलुकसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्न समूह गठन गरिएको संसद् सचिवालयले जनाएको छ । ‘मित्र राष्ट्रबीचको कुटनीतिक सम्बन्ध तथा मित्रता प्रभावकारी बनाउन, कतिपय विषयमा लबिङ गर्न र एकापसमा अनुभव साटासाट गर्न मैत्री समूहले काम गर्छन्,’ संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले भने ।

छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजक कांग्रेसले लिएको छ भने छिमेकी चीन र बेलायत मैत्री संयोजक सत्तासीन नेकपाले लिएको छ ।  अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस