निखिलको लोकनृत्य

पत्रपत्रिकाबाट

शुक्रबार, १० असोज २०७६, २० : ४८
निखिलको लोकनृत्य

काठमाडौं । नृत्यमा सबैभन्दा कमजोर हिरो को हो भनेर सोध्यो भने धेरैको मुखमा निखिल उप्रेतीको नाम आउँछ। एक्सनमा उम्दा उनको कमजोरी नै नृत्य हो। तर, नाच्नमै कमजोर मान्छेले लोकदोहोरीको भिडियो खेल्ने कुरा कस्तो होला ? नमिल्दो। तर, निखिल हुन्। अरूले जे सोच्न सक्दैनन्, त्यही काम गरिदिन्छन्। त्यसैले उनले लोकदोहोरी खेलेका छन्। 

उनी बद्री पंगेनीले गाएको एउटा गीतमा फिचर भएका छन्। ‘धानको चामल’ बोलको गीतमा उनले सकी–नसकी कम्मर मर्काएका छन्। तर, उनको नृत्य यति बिजोग छ कि हेर्नेलाई मज्जा होइन, सकस हुन्छ। 

कहिले कति बजेटको फिल्म त कहिले कस्तो फिल्म बनाउने भनेर गफ दिने निखिलले पछिल्लो समय सुरु गरेको एउटा फिल्म पूरा गर्नै सकेनन्। आजभोलि ‘भैरव’को दोस्रो भाग बनाउने भनेर हिँडिरहेका छन्। त्यो पनि गफभन्दा माथि आउन सकेको छैन। चलेका हिरोमध्ये एक समय लोकदोहोरीमा धिरेन शाक्यको राज थियो। निखिल अब उनकै बाटोमा हिँड्न लागेजस्तो छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस