Safal Khabar - संभव छैन विप्लव विद्रोह
बुधबार, ०६ कार्तिक २०७६ (Wednesday, 23 October, 2019)
संभव छैन विप्लव विद्रोह
बिहिबार, ०९ असोज २०७६, १३ : १७
संभव छैन विप्लव विद्रोह

- अमृत वस्ती
नेपाली कम्युनिष्ट आन्दोलनको मुलधार मानिएको नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्रले आफ्नो नाम नेपाल कम्युनिष्ट पार्टी (माओवादी) राख्दै नयाँ जनवादी सत्ता स्थापना गर्ने उद्देश्यका साथ २०५२ साल फाल्गुण १ गतेदेखि जनयुद्धको बटोमा अघि बढौं भन्ने नारा दिएर बिद्रोह को संखघोष ग¥यो । विभिन्न आरोह अवरोह हँुदै जनयुद्धको १० वर्षे यात्रा भयो । यो क्रममा १७ हजार भन्दा बढी नेपाली जनताले ज्यान गुमाउनु प¥यो भने हजारांै अझै वेपत्ता छन्, लाखांै घाइते तथा अपांग छन्, देश आर्थिक रुपमा धेरै तल गिरेको छ, भौतिक पूर्वार्धार नष्ट भएको छ विद्रोह समाप्तीको करिव एक दशकभन्दा बढी भईसक्दा पनि अझै देशले सही गति लिन सकेको छैन । देश संक्रमणकालबाट गुज्रिरहेको छ । देश मात्र होइन नेपालमा जनयुद्ध गर्ने नेपाल कम्युनिष्ट पार्टी पनि इतिहास भइसकेको छ । मणि थापा, मातृका यादव, बैद्य, विप्लव, बाबुराम भट्टराई हँुदै टुट फुट भएको पार्टीको मुल धार भने एमालेमा समाहित भई इतिहास भएको छ । हाल माओवादीको कैयांै टुक्रा मध्य विप्लव माओवादीले देशको राजनिति लाई तताइरहेको छ । नेपालमा कम्युनिष्ट पार्टीहरु किन फूट्छन यो कुनै अनुसन्धानले पनि निश्कर्ष लगाउन नसकेको विषय हो । तर माओवादी पार्टीको फूट केवल पद प्रतिष्ठा र खोक्रो आडम्वर बाहेक केहि देखिएन ।
अमृत वस्तीअरु कम्युनिष्ट पार्टी जस्तै मओवादी पार्टी समान्य पार्टी थिएन यस कारण की यो पार्टी १७ हजार भन्दा बढी नेपाली जनताको वलिदानपछि स्थापित भएको पार्टी थियो । विश्वको कुनै कम्युनिष्ट सिद्धान्तमा नभएको संविधान सभाको नारा लिएर खुल्ला राजनितिमा आएको माओवादी पार्टी पहिलो संविधान सभादेखि दोस्रो संविधान सभासम्म आइपुग्दै दुई चिरा परिसकेकोे थियो । सम्पूर्ण कम्युनिष्ट हरुलाई एक केन्द्रमा ल्याएर १० वर्षे जनयुद्ध र दास्रो जनआन्दोलबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुको साटो पार्टी टुक्रा टुक्रा बनाएर माओवादी नेतृत्वले नेपाली जनताको सपना चकनाचुर पारेको मात्र होइन जनयुद्ध र जनआन्दोलनका शहिदहरुको रगतको अवमुल्यन गरेका छन् ।
पछिल्लो पटक टुक्रियर बनेको कान्छो माओवादी विप्लपले फुटाएको नेपाल कम्युनिष्ट पार्टी माओवादीको राजनैतिक बृत्तमा चर्चा परिचर्चा बढी छ । पार्टी फुटेकै समय फेरी शसस्त्र विद्रोह सुरु हुने आकलनसहित यिनको चर्चाले राजनैतिक बजार तातेको थियो । नाचघरको पत्रकार सम्मेलन र सिनेमा हलको राष्ट्रिय सम्मेलनसम्म आइपुग्दासम्म यिनको राजनैतिक हैसियत पनि प्रष्टिदै गएको छ । बैद्य माओवादी जस्तै यिनको पनि नारा मात्र चर्को हुने संकेतहरु देखा परेको छ । विद्रोह रहर होइन बाध्यता हो । विद्रोह जनताको अधिकार हो । अधिकारको लागि जनता जहिले पनि तयारी अवस्थामा हुन्छन् । हरेक कम्युनिष्टको जस्तै विप्लपको पनि नाराहरु यिनै हुन् । नयाँ जनवादी क्रान्ति पुरा गर्न फेरी जनयुद्ध आवश्यक छ भनिएको छ । नेपाल विश्वमा नै एक कम्युनिष्ट केन्द्र हो । नेपालको जनता अझै पनि ६७ प्रतिशत भन्दा बढी कम्युनिष्ट लाई नै भोट दिन्छन्, कम्युनिष्टको नाममा वहिस्कार गर्छन् । यसले पनि नेपालमा अझै जनयुद्ध अथवा विद्रोह विप्लपहरुले संभव देखेका छन् । के साँच्चै नै विप्लपले भनेको जस्तै नेपालमा अझै जनयुद्ध अथवा उनकै भाषामा छुट्टै किसिमको विद्रोह संभव छ ? यो आजको पेचिलो प्रश्न हो ।

विप्लव माओवादीको पछिल्लो क्रियाकलापले माओवादीको दोस्रो जनयुद्धको संकेत गरेको छ । विगत एक वर्ष देखिको विभिन्न विस्फोट, हत्या, नेपाल बन्द नक्कली बम आतंक जस्ता कुराहरुले जनता फेरी पनि देश गृह युद्धमा धकेलिनेमा आशंका व्यक्त गरेका छन् । यो एक वर्षको बीचमा दर्जनभन्दा देशका युवाहरुले ज्यान गुमाइसकेका छन्, ज्यान गुमाउनेमा धेरै विप्लव कार्यकर्ता भएपनि सर्वसाधारणदेखि प्रहरीसम्म परेका छन् । यसले देशमा फेरी द्धन्द निम्तने संभावनाहरु देखिन्छ । कम्युनिष्ट भाषामा क्रान्ति पछिको प्रतिक्रान्तिलाई निश्तेज पार्नु झनै गाह्रो काम हो । नेपालमा माओवादी पार्टीको फुट पनि प्रतिक्रान्तिको एक उदारहण हो । २०५२ सालमा सुरुवात भएको जनयुद्ध जसरी झाँगिंदै गयो अब पनि के विप्लपले देखेको विद्रोह संभव छ ? छैन, यी कारणहरुले अबको विद्रोहको संभावना देखिँदैन ।
पहिलो, २०५२ सालको जनता र आजको नेपाली जनतामा आकास जमिनको फरक छ । २०५२ सालमा जन्मेको वालक आज २५ वर्षको लक्का जवान भइसकेको छ । त्यो वेलाको लक्का जावन अहिले जिवनको मध्य उमेर बाँचिरहेको छ । आजको युवा देशको राजनैतिक परिवर्तनभन्दा पहिला आफ्ना परिवर्तनको भोका छन्, आर्थिक उन्ततिका भोका छन्, जसको लागि सबैभन्दा सजिलो बाटो बैदेशिका रोजगार हो । देशको युवाहरुको पचास प्रतिशत भन्दा बढी बैदेशिक रोजगारमा छन् । एक आकडा अनुसार पचास लाखभन्दा बढी नेपाली विदेशमा छन् । आफू बच्चामा हुँदा यिनिहरुले युद्धको वर्वरता देखिसकेका छन् । अमेरिकामा युवाहरु कहिले १६ वर्ष पुगिन्छ र मोटरको लाईसेन्स बनाउन पाईन्छ भनेर ब्यग्र भएझंै नेपाली जनताका छोरा छोरी कहिले १८ वर्ष पुगिन्छ र पासपोर्ट बनाउन पाईन्छ भनेर ब्यग्र भएर बसेका छन् । माओवादी युद्ध लडेका छापामार दस्ता यतिवेला की मलेसियामा गार्ड वसिरहेका छन् की कतारको मरभुमिमा भेडा चराइरहेका छन् यस्तो परिस्थितिमा विद्रोहको राँको बाल्ने युवा वर्ग बिद्रोहको पक्षमा देखिँदैन । यिनीहरु आफनो व्यक्तिगत जिवन सफल बनाउन आर्थिक उन्नति खोजिरहेका छन् । त्यसैले सिमित युवा बाहेक ९९ प्रतिशत युवा अब विद्रोह चाहँदैनन् युद्धमा सामेल हुनु परको कुरा हो । जनता १० वर्षे जनयुद्ध, जनआन्दोलनपछि पनि परिवर्तन नहुँदा निराश छन् । युद्धले जनता मानसिक रुपमा थिलो थिलो छन् । युद्ध जहिले पनि निर्मम हुन्छ, वर्वर हुन्छ, नेपाली जनता आजको अवस्थामा निर्मम, वर्वर हुन चाँहदैनन् । अन्याय जसले गरेपनि स्विकार्य हुँदैन । यो न्यायको अधिकारको ज्ञान जनतालाई सिकाउने माओवादी युद्ध नै हो । त्यसैले पनि अब जोसुकै बाट हुने अन्याय, अपाच्य व्यवहार जनता पचाउने वाला छैनन् । पछिल्लो नेपाल बन्दको विरुद्धमा जनता स्वस्फूर्त सडकमा निस्केको एक उदारहण हो ।

दास्रो, विप्लव तिनै मध्यका एक नेता हुन् जसले १० वर्षे जनयुद्धको नेतृत्व गरेका थिए । त्यसपछि पहिलो संविधान सभामा भोट मागेका थिए, फेरी देस्रो संविधान सभाको चुनावमा भोट नदेउ भनेका थिए । २०६३ सालमा शान्ति सम्झौता हुँदै गर्दा यिनलाई किन लागेन कि जनयुद्ध माथि अपमान भईरहेको छ, अनि किन किनाराको साँची भएर उभिरहे । यिनि पनि तिनै नेता होइनन् कोट पाइन्ट लागाएर शहर पसेका, खड्क बहादुर विश्वकर्मा नै होइनन् मन्त्री भएर झण्डावाल गाडी चडेका । कम्युनिष्टहरुमा आलोचान र आत्मआलोचना भन्ने शब्द प्रचलित हुन्छ, यिनिहरुले जनताको अगाडि कहिल्यै हामीले गल्ति ग¥यौं भनेर आत्मआलोचना गरेका छन् ? मुल नेतृत्वले गल्ति ग¥यो यो सबैले देखेको कुरा हो, उनिहरुको निर्णयमा हो मा हो मिलाउँदै अगाडि बस्नेको चाँही गल्ति हुँदैन ? यही नेतृत्वको संचालन गर्ने कुनै पनि विद्रोहमा नेपाली जनताको साथ होला ? हुँदैन अवश्य हुँदैन ।

तेस्रो, माओवादीले संचालन गरको जनयुद्ध २०५७ सालमा आइपुग्दासम्म जसरी विकासको गतिमा थियो त्यसपछि ओरालो लाग्ने अवस्थामा आइसकेको थियो । युद्धलाई समयमा नै सेफ ल्यान्डिगं नगर्ने हो भने पेरुकै अवस्था हुने अनुमान नेतृत्वले गरिसकेको थियो । फलस्वरुप २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभाको माग गरेको थियो । विप्लवको एकिकृत क्रान्तिले त्यो अवस्था पार गर्नको लागि कस्तो रणनिति बनाएको छ, त्यो गम्भिर हुन जान्छ । हिजोको जनयुद्धमा पनि रोल्पा रुकुमको जनताको जति योगदान थियो शहरी मध्यम वर्गिय जनता शिक्षक, व्यापारी, डाक्टर, वकिल लगायत सबैको उत्तिकै योगदान थियो । जनयुद्धमा गाऊँ शहर, युवा, महिला, जनजाति, क्षेत्री वाहुन सबैको समान सहभागिता थियो । त्यो युद्ध चाँही एकिकृत नहुने अहिले विप्लवले भनेपछि चाँही एकिकृत हन्छ ? विप्लवको युद्ध रणनिति पनि हिजोको भन्दा भिन्दै छैन, हिजो सफल नभएको युद्ध अब कसरी सभव छ ? यसको स्पष्ट जवाफ विप्लवसँग पनि छैन । यही नेतृत्वले फेरी धोका दिँदैन भन्ने आधार विप्लव सँग के छ ? 

चौथो, विज्ञानले चमत्कारीक विकास गरेको छ । सूचना संचारमा नेपाल विश्वको कुनै राष्ट्रभन्दा कम छैन । फेसबुक, टुइटर जस्ता समाजिक संजालले पनि सुचना संचारको कार्य गरी रहेको छ । विश्वलाई यी सामाजिक संजालहरुले एक घर जस्तै बनाइ दिएको छ । हरेकको हातमा मोवाइल छ नेट छ । नेपाल प्रहरी, विषेश प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना सबै सुचना संचारमा आफूलाई परिमार्जन गर्दै छन् । एक मोवाइल ट्रयाकिगं गरेर कसैकोे लोकेशन पत्ता लागाउने प्रविधि भित्रिसकेको छ । यो अवस्थामा युद्ध नै भए पनि हरेक युद्ध जित्न त्यति सहज हुनै छैन । मुस्लिम पृथक्तावादीको झै युद्ध गर्ने शैलि पनि नेपाली भुगोल सुहाउँदो अवश्य हुँदैन । पछिल्लो केही समयदेखि विप्लव माओवादीका एक हजार भन्दाबढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ । कति समान्य जिवन यापन गर्ने भनि हिरासत मुक्त भएका छन् भने कति अझै जेलमा छन् । लगातार दुई ओटा विप्लव समूहका उपत्यका ईन्चार्ज प्रक्राउ परिसकेका छन् । धर्बेन्द्र बास्तोला जस्ता तेस्रो स्तरका नेता पनि जेलमा नै छन् । नेपाल प्रहरीकै भनाइमा पनि वार्ताको बातावरण बनाउन भनेर नै प्रहरी विप्लव माओवादी प्रति आक्रमक नहुन राजनैतिक दवावका कारण अझै पक्राउ गर्ने कार्य शिथिल भएको हो ।
पाँचौ, अहिलेको अन्तराष्ट्रिय परिस्थिति पनि विद्रोह अनुकुल छैन । भारत नेपालमा माओवादी विद्रोह चाहँदैन । उसको विष्लेशणमा नेपालमा माओवादी विद्रोहले भारतको झारखण्डको माओवादी विद्रोहलाई मलजल पुग्ने छ । भारत अहिले एमालेलाई नै नेपालको कम्युनिष्ट शक्ति मान्दछ । यसको अलावा डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र अन्य मधेशि दललाई मजबुद बनाई मधेशमा आफ्नो नियन्त्रण राख्न चाहन्छ । चीन नेपालको हरेक विद्रोहको विपक्षमा छ । उ नेपालले छिटो राजनैतिक स्थिरता पाओस् र यहाँबाट चीन विरोधि गतिविधि नहोस् भन्ने चाहन्छ । संक्रमणकालले नेपाल चीन विरुद्धमा प्रयोग हुने खतरा देखेको छ । हालै चिनिया कम्न्युष्ट पार्टी र नेपाल कम्युनिष्ट  पाटीबीच भएको बैचारीक सम्मेलन यसैको उदारहण हो । चीन नेपाल कम्युनिष्ट पार्टीमार्फत उसले भनेको सि विचारधारालाई विश्वव्यापी गर्ने कार्यको शुरुवात गर्न चाहन्छ र त्यो विचारधारा विप्लव माओवादीसँग मिल्दैन । अमेरिका र युरोपियन युनियन सधै माओवादी विद्रोहको विपक्षमा हुने नै भइहाल्यो । उसलाई अझै पनि नेपाल विश्व कम्युनिष्टको केन्द्र हुन्छ की भन्ने डर छ । सबैलाई थाहा भएको कुरा हो संयुत्त राष्ट्र संघ भनेको अमेरिका लगायत भिटो अधिकार भएको राष्ट्रहरुको कठपुतली हो । उनिहरुले यो संस्थालाई आफू अनुकुल नै प्रयोग गर्दछन् । यो अवस्थामा विप्लवको विद्रोह अन्तराष्ट्रिय परिस्थिति पनि प्रतिकुल नै रहेको छ ।

विप्लव माओवादीका साथिहरुलाई लाग्न सक्छ यी फोस्रा कुराहरु हुन् । यस्ता कुरा युद्धदेखि डराउने हरुले गर्दछन् । युद्ध विरोधिहरुले गर्दछन् । युद्ध अपरिहार्य छ । विप्लवले हामीलाई धोका दिँदैनन् । यो उनिहरुको क्रान्ति प्रतिको आस्था हो, विश्वास हो । हामीले त्यसको सम्मान गर्नु पर्छ र म पनि सम्मान गर्दछु । फेरी पनि यथार्थ भनेको यर्थाथ नै हुन्छ । युद्ध भनेको सिद्धान्त मात्र होइन । व्यवहार पनि हो । युद्धमा सिद्धान्तलाई व्यवहारमा ढाल्न सकेमात्र जित संभव हुन्छ । सिद्धान्त र व्यवहारालाई समेट्न सकिएन भने पनि द्धन्द्धवादी हुन सकिँदैन । युद्ध युद्ध मात्र होइन सफलता पाउनु ठूलो कुरा हो । युद्धमा जिमात्र होइन त्यसको उपलब्धि सस्ंथागत र रक्षा गर्नु ठूलो कुरा हो त्यसको स्पष्ट खाका नभएको विप्लवको विद्रोहको कुनै संभावना देखिँदैन । अहिले चलिरहेको जस्तो केही थान बम पड्काउन सकिएला, दुई चार जनालाई सुराकी, भ्रष्टाचारी भनि हत्या गर्न सकिएला, ठूला कर्पोरेट हाउसहरुलाई वमको धम्किले चन्दा उठाउन सकिएला तर युद्ध जित्न सम्भव छैन् । त्यो भन्दा बरु शान्तिको बाटोमा आएर जनतको पक्षमा आवाज उठाउँदा नै जित संभव छ । अन्यथा भारतको झारखण्डमा झै पचासांै वर्ष युद्ध गरिरहनुको कुनै विकल्प देखिँदैन । शिवाय जनताले युद्धको पिडामात्र पाउने छन् । सम्बन्धित पक्षको बेलैमा ध्यान जाओस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस