मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

पत्रपत्रिकाबाट

विहीबार, ०९ असोज २०७६, ०७ : २४
मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

प्रतिकात्मक फोटो

काठमाडौं । ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेका छन् ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका दिदीभाइ मीनकुमारी थापा र रामकुमार सुयल थापाले उक्त सरकारी जग्गा व्यक्तिको नाममा गरेका थिए ।

सरकारी जग्गा आफ्नो बनाउन शुरूमा दिदी मीनाको नामको जग्गा आफ्नो नाममा गर्न भाइ थापाले दिदीलाई जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गराएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस