चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः नेपाल आएर सूक्ष्म निगरानी गर्दै चिनियाँ सुरक्षाकर्मी

पत्रपत्रिकाबाट

विहीबार, ०९ असोज २०७६, ०६ : ५८
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः नेपाल आएर सूक्ष्म निगरानी गर्दै चिनियाँ सुरक्षाकर्मी

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिङपिङको ेनपाल भ्रमणलाई लक्षित गरी सरकार उच्च् स्तरीय सुरक्षा योजना मनाउन लागिपरेको छ । 

चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ सुरक्षा स्रोतले जनाएको छ । 

तथापि औपचारिक  रुपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन ।

सीको भ्रमण निश्चित भएसँगै उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् । 
उनीले सुरक्षा अवस्थाको विश्लेषण गर्दै दूतावासमार्फत सी भ्रमणका लागि आफ्ना तर्फबाट तयारी अघि बढाइरहेका छन् । 

सीको सुरक्षालाई  निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली समेत नेपाल आइसकेको स्रोतको दाबी छ । राजधानी दैनिकमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस