जहाज १४, उड्छन् ६

पत्रपत्रिकाबाट

बुधबार, ०८ असोज २०७६, ०९ : ४१
जहाज १४, उड्छन् ६

काठमाडौं । विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’

ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए। जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज उडेनन्। बरु उडिरहेका थप थन्किए। सुन्दै अचम्म ! निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा। बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन्।’

प्रायः ग्राउन्डेड
बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर थन्क्याउनु निगमको पुरानो रोग हो। अन्तर्राष्ट्रिय उडानको वाइडबडी एक सातादेखि ग्राउन्डेड छ। बन्न केही दिन लाग्न सक्छ। बोइङ ७५७ एक वर्षदेखि ‘कुवाएर’ राखिएको छ। बिक्री गर्न चाहे पनि बिकेको छैन। दुईमध्ये अर्को बोइङ भने बीबी एयरवेजलाई बिक्री गरिसकेको छ। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा अखण्ड भण्डारी र राजु बाँस्कोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस