करिब पाँच खर्ब रुपैयाँका पुराना तथा झुत्रा नोट जलेर खरानी

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०७६, १२ : ४३
करिब पाँच खर्ब रुपैयाँका पुराना तथा झुत्रा नोट जलेर खरानी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले करिब पाँच खर्ब रुपैयाँका पुराना तथा झुत्रा नोट जलाएर खरानी पारेको छ । 

राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड  ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । 

आर्थिक बर्ष २०७५÷७६ सम्ममा त्यति धेरै नोट जलाएर खरानी पारिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १०,२०, ५०, १००, ५००, १००० गरी विभिन्न दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो ।

नोट पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । बजारबाट संकलन भएका पुराना तथा झुत्रा नोटहरुलाई  टुक्राटुक्रा पारी धुल्याइन्छ । 

प्रयोग गर्न नसकिने अवस्थामा पुगेका तर नम्बर देखिने नोटलाई प्रचलनमा आउन नदिन र त्यसको दुरुपयोग रोक्न टुक्रा पारिएका नोटलाई भट्टीमा राखेर जलाइन्छ ।

प्रतिक्रिया दिनुहोस