चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाको १२ घण्टे विचार गोष्ठि

चिनियाँ विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको टोली आजै मध्यान्ह काठमाडौं उत्रदैं, साँझ कार्यक्रम उदघाटन हुने

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०७६, ०९ : १०
चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाको १२ घण्टे विचार गोष्ठि

काठमाडौं । नेपाल र चीनको कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा आज देखि काठमाडौंमा दुई दिने नेपाल–चाइना फ्रेन्डसिप सिम्फोजियम कार्यक्रम आयोजना हुदैछ ।

दुवै देशका कम्युनिष्ट पार्टीका स्कुल, विदेश र संगठन विभागको संयुक्त आयोजना अन्र्तक्रिया कार्यक्रम आयोजना हुन लागेको हो ।

राजधानीको याक एण्ड यति होटेलमा साँझ ५ वजे प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले कार्यक्रमको उद्घाटन गर्नेछन् । अर्का अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट पार्टी र यसको एकता प्रक्रियासँग सम्वन्धित रहेर आफनो मन्तब्य दिनेछन् । कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा विदेश विभाग प्रमुख सङ ताओले पनि विशेष मन्तब्य दिनेछन् । ताओ कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहनेछन् ।

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले ताओ आज मध्यान्ह साढे १२ वजे काठमाडौं आईपुग्ने वताए । उनी नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपालको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् ।

उनीसँग नेपालको कम्युनिष्ट पार्टीको विदेश विभागले भोलि दरवारमार्गस्थित  होटल मेरियटमा दुई पार्टीका वीचको भाइचारा सम्वन्ध विचारका लागि समझदारी समेत हुदैछ ।

दुई पार्टी वीचको भातृत्वको सम्वन्धलाई औपचारिकता दिनका लागि एमओई हुन लागेको हो ।

त्यसमा ताओ र नेता नेपालले हस्ताक्षर गर्ने कार्यक्रम वनेको छ ।

अन्र्तक्रियामा सहभागी हुन चिनिया कक्युनिष्ट पार्टीका तीन ओटै विभागका गरी १०, १० जनाका दरले ३० जना र अन्य थप केही गरी ४० जनाको सहभागिता रहने छ । राष्टपति सि जिनफिङ को नेपाल भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको कार्यक्रमलाई निक्कै महत्वका साथ हेरिएको पनि छ ।

आजको कार्यक्रममा नेकपाका स्क्ुल विभाग प्रमुख इश्वर पोखरेलले अध्इक्षता गर्ने छन भने उपप्रमुख देवेन्द्र पौडेलले सञ्चालन गर्नेछन् । आजै कार्यक्रममा चिनियाँ पक्षवाट कम्प्लिटिङ द विल्डिङ अफ कम्फर्टेवल सोसाइटी नामका कार्यपत्र प्रस्तुत गर्नेछन् ।

चिनियाँ पक्षवाट दुई दिन सम्म चल्ने यो कार्यक्रममा ४ ओटा कार्यपत्र प्रस्तुत गर्ने वताईएको छ ।

चिनियाँ पक्षले खासगरी, समाज निर्माण, सुधार,पार्टी अनुशासन र विआरआईवारे कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।

आयोजकहरुले दिएको जानकारीअ नुसार आजको कार्यक्रम साझ ५ वजे उदघाटन भएर वेलुकी ९ वजेसम्म चल्नेछ । त्यसपछि सहभागीलाई सात्री भोजको त्यही होटलमा ब्यवस्थापन हुनेछ ।

त्यसपछि भोलि विहान १० वजेवाट दोश्रो दिनको सत्र शुरु हुनेछ । भोलिको कार्यक्रम विहान १० वजेवाट ८ घण्टा चल्नेछ । शनिवारको सचिवालय वैठकले यो कार्यक्रम सफल वनाउन पार्टी सम्पूर्ण रुपले लाग्ने निर्णय गरेको थियो ।


 

प्रतिक्रिया दिनुहोस