काठमाडौँ । बिपाशा बसु बलिउडकी फिट अभिनेत्रीमध्ये एक हुन्। असाध्यै फिटनेस कन्सस उनी नियमित योग र कार्डियो एक्सरसाइज गर्छिन्। फिटनेससम्बन्धी प्रशिक्षण पनि उनले दिने गरेकी छिन्।
उनका फिटनेससम्बन्धी भिडियो अनुसरण गरेर धेरैले उनलाई ‘फिटनेस गुरु’ मान्ने गरेका छन्।
उनले दुई वर्षअघि एउटा पेय पदार्थको विज्ञापन गर्न अस्वीकार गरेकी थिइन्। आफूलाई फिटनेस गुरु मान्ने धेरै भएकाले उनीहरूप्रति जिम्मेवार हुन उनले उक्त विज्ञापनमा अभिनय गरिनन्।
एक भारतीय पत्रिकाले लेखेको थियो, ‘बोतलमा सिलप्याक गरिने ग्यासयुक्त एउटा पेय पदार्थको सामाजिक सञ्जालमा प्रवद्र्धन गर्ने प्रस्ताव कट्रिनालाई आएको थियो। तर, उनले यो प्रस्ताव ठाडै अस्वीकार गरिन्।
किनकि, यस्ता पेयले स्वास्थ्यलाई हानि गर्छ भन्ने उनको मान्यता छ।’ बिपाशाले फिटनेस प्रशिक्षक भएका नाताले यस्ता सामग्रीको विज्ञापन गर्नु अनैतिक र गैरजिम्मेवार काम भएको बताएकी थिइन्। उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘सेलिब्रिटी जिम्मेवार हुनुपर्छ। आफ्ना फ्यानलाई धोका दिनु हुँदैन।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०५ असोज २०७६, १९ : ३४
लेखकबाट थप