अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ असोज २०७६, ०८ : ०६
अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

काठमाडौँ । चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको बढाएको छ । 

व्यवसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।

२२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर २५० पु¥याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । 

सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस