काठमाडौं । संघीय संसदको चालु अधिवशेन आज बाट सकिदैछ । गत वैशाखबाट शुरु भएको वर्षे अधिवेशन आज संसदमा प्रधानमन्त्री देखि प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गरेपछि सक्ने तयारी भएको छ ।
सभामुख कृष्ण वहादुर महरा शनिवारबाट एक साताका लागि काजकिस्तान भ्रमणमा जान लागेका कारण पनि अधिवेशन आजै अन्त्य गर्न लागिएको हो ।
प्रधानमन्त्री केपी ओलीले आजै दिउँसो साढे २ वजे संसदलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यो चालु अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, आर्थिक वर्षको वजेट लगायत केही महत्वपूर्ण विधेयकयहरु पारित गरेको थियो ।
यद्यपी वहुचर्चित मानिएको नागरिकता विधेयक यो अधिवेशनमा पनि जस्ताको तस्तै समितिमै अलपत्र परेको छ ।
प्रमुख राजनीतिक दलहरुकै बीचमा विद्येयकका विषयमा सहमति बन्न नसकेपछि यो विद्ययेक चालु अधिवेशनमा टुंगिन नसकेको हो । यो विद्ययेक २२ साउन २०७५ मै संसदमा दर्ता भएको थियो । यो अहिले संसदको राज्य ब्यवस्था समितिमा छलफलकै क्रममा छ ।
प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ दल नेकपाकै बीचमा विधेयकका कतिपय प्रावधानका विषयमा सहमति जुट्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०७६, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ
राष्ट्रिय महिला लिग फटबल : मोरङको सुखद नतिजा
धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड
रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज