डेंगुले देशभर ७ हजार ३७० जना प्रभावित (कुन जिल्लामा कति विवरणसहित)

सवैभन्दा बढी प्रदेश ३ मा र कम कर्णाली प्रदेशमा डेंगुका रोगी

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०७६, ०८ : २०
डेंगुले देशभर ७ हजार ३७० जना प्रभावित (कुन जिल्लामा कति विवरणसहित)

काठमाडौं । महामारीको रुप लिदै आएको डेंगुका कारण अहिलेसम्म ७ हजार ३७० जना ब्यक्ति प्रभावित भएको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १ देखि असोज १ गतेसम्मको अधावधिक गरेको विवरण अुनसार सो संख्याका डेंगो रोगी देशमा देखा परेको जनाएको हो । यो रोगका कारण नेपालमा अहिलेसम्म ६ जना ब्यक्तिको निधन भईसकेको छ ।

नेपालमा १५ वर्ष अगाडी २०६१ सालमा चितवनमा सवैभन्दा पहिले यो रोग देखा परेको थियो । विश्वमै चुनौतिको रुपमा देखा परेको यो रोग लामखुटेवाट सर्ने रोग हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार डेंगोले अहिलेसम्म प्रदेश १ मा ९५६, प्रदेश २ मा ६२, प्रदेश ३ मा सवैभन्दा वढी ३९२९, गण्डकी प्रदेशमा १९६४, प्रदेश ५ मा ३९६, कर्णाली प्रदेशमा ११ र सुदुरपश्चिम प्रदेशमा ५२ जना प्रभावित भएका हुन् ।

हेर्नुहोस कुन जिल्लामा कति प्रभावित भए (विवरण सहित)

प्रतिक्रिया दिनुहोस