काठमाडौं । मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् ।
कूल ८८ हजार ६ सय कर्मचारीमध्ये ८४ हजार ३ सय २ कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएको निजामती किताबखानाले जनाएको छ ।
यो सम्पति विवरण बुझाउनुपर्ने कुल कर्मचारीमध्ये ९५ दशमलव १४ प्रतिशत हो । किताबखानाका प्रवक्ता एवं सूचना अधिकारी राजेन्द्रप्रसाद पराजुलीका अनुसार सम्पति विवरण बुझाउन २८ भदौसम्मको समय तोकिएको थियो ।
राजधानी दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ असोज २०७६, ०७ : १७
लेखकबाट थप