Safal Khabar - सिंहदरबारमा संघीय संसदको भवन बन्ने
शुक्रबार, ०१ कार्तिक २०७६ (Friday, 18 October, 2019)
सिंहदरबारमा संघीय संसदको भवन बन्ने
बुधबार, ०१ असोज २०७६, १३ : २४
सिंहदरबारमा संघीय संसदको भवन बन्ने

काठमाडौं । सिंहदरबारमा संघीय संसदको आफ्नै भवन बन्ने भएको छ । प्रधानमन्त्री केपी आलीले बुधबार सिंहदरवारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् ।

पुतली बगैंचामा संसद भवन बनाउने गरी शिलान्यास गरिएको हो । शिलान्यासलगत्तै निर्माण कार्य सुरु गर्ने शहरी विकास मन्त्रालयले जनाएको छ ।

उक्त भवन निर्माणको लागत झण्डै १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । निर्माण थालेको साढे तीन वर्षमा भवन तयार हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस