मिसनमा जाने सैनिकको तलब बढ्यो

पत्रपत्रिकाबाट

बुधबार, ०१ असोज २०७६, ०७ : ५४
मिसनमा जाने सैनिकको तलब बढ्यो

काठमाडौं । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ । तल्ला तहका सिपाहीसहित अधिकृतहरूबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाइ गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता बढाउने निर्णय गरेका हुन् ।

थापाको अध्यक्षतामा सोमबार सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले प्रतिव्यक्ति तलबमा ८५ अमेरिकी डलर ९करिब ९ हजार पाँच सय रुपैयाँ० थप गर्ने निर्णय गरेको हो ।

यसअघि प्रतिमहिना १ हजार २९ अमेरिकी डलर पाउँदै आएकोमा अब शान्ति सेनामा सहभागी सैनिकले ८५ डलर थप गरी प्रतिमहिना १ हजार ११४ अमेरिकी डलर प्राप्त गर्नेछन् । सो रकम नेपाली रुपैयाँ १ लाख २७ हजार बराबर हुन आउँछ ।
बैठकले मिसनमा गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीको समेत तलब बढाएको छ ।

प्रमुख सेनानीले प्राप्त गर्ने गरेको १ हजार ३ सय ७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी १ हजार ३९९ पु¥याइएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बढेको भत्ता आगामी १४ असोज ९१ अक्टुबर०देखि लागू हुने जानकारी दिए ।

प्रधानसेनापति थापाले गत साता जंगी अड्डामा सकलदर्जालाई गरेको सम्बोधनका क्रममा समेत मिसनमा जाने सैनिकको तलब वृद्धि गर्न माग गरिएको थियो । चौथो त्रैमासिक रोलकलका बखत सो विषयमा प्रधानसेनापतिमाथि सकलदर्जाबाट सो सुझाव आएको थियो । राजधानी दैनिकमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस