इन्डो–प्यासिफिक रणनीति होइन : अमेरिका

पत्रपत्रिकाबाट

बुधबार, ०१ असोज २०७६, ०७ : ३७
इन्डो–प्यासिफिक रणनीति होइन : अमेरिका

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासका राजनैतिक विभागका प्रमुख क्लिन्टन टाड ब्राउनले ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ रणनीति नभई अमेरिकाको नीति मात्र रहेको बताएका छन् ।

पूर्वसांसद मञ्च नेपालद्वारा मंगलबार सिंहदरबारमा आयोजित ‘विश्व परिस्थिति र नेपालको भविष्य’ विषयक सेमिनारमा उनले इन्डो–प्यासिफिक स्ट्राटेजी अन्तर्राष्ट्रिय पद्धतिलाई मद्दत गर्नका लागि आएको बताए ।

‘यो हाम्रो आफ्नै पोलिसी हो, नेपालीमा भन्नुपर्दा यो नीति हो, रणनीति होइन । कानुनी शासन, खुलापन, स्वतन्त्रता र स्वतन्त्रतामा आधारित विधिको शासनसँग सम्बन्धित छ,’ ब्राउनले भने, ‘साना देशहरू ठूलाबाट मिचिनु वा घेरिनु विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा सम्भव हुँदैन । त्यहाँ नेपालले हस्ताक्षर गरेर सहभागी हुनुपर्ने कुनै प्रावधान छैन ।’

इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकाले दोस्रो विश्वयुद्धको अन्त्यपछि ७० वर्षदेखि अँगाल्दै आएको नीति हो भन्दै उनले यो कसैको विरुद्धमा नभएको बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस